काठमाडौं - नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को लागि ६ जनाको नाम छनोट भएको छ । १२ जनाको आवेदन परेकोमा अर्थ मन्त्रालयले गठन गरेको उपसमितिले ६ जनाको नाम छनौट गरेको हो।
अब अर्थमन्त्रीले ६ जना मध्ये ३ जनाको नाम सिफारिस गर्नेछन्। ति ३ जना मध्ये एक जनालाई मन्त्रिपरिषदले नियुक्त गर्नेछ।
गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा बनेको उपसमितिले शुशिल ज्ञवाली, दीपकराज जोशी, रामकृष्ण खतिवडा, चण्डीकाप्रसाद भट्ट, सुमन शर्मा र सरोज कोइरालाको नाम अर्थमन्त्री डा। युवराज खतिवडालाई बुझाएको हो।
आगामी मन्त्रिपरिषद बैठकले सीईओ छनौट गर्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।