काठमाडौं- लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा योजना आयोगका सदस्य सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्ट नियुक्त भएका हुन्।
बोर्डको सीईओमा डा सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्टलाई अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिले मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो। तीमध्ये सुशील भट्टलाई नियुक्त गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।