काठमाडौं- सरकारले विदेशबाट आउनेलाई कोरोना परीक्षण नै नगरी घर पठाउने भएको छ । सरकारले होम क्वारेन्टिन सम्बन्धी नयाँ मापदण्ड २०७७ स्वीकृत गर्दै साझैं घर पठाउने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले अब विदेशबाट आउनेलाई स्थानीय निकायको सहमति र प्रत्यक्ष निगरानीमा रहने गरी १४ दिन होम क्वारेन्टाइन बसाइने बताएका हुन् ।
यसअघि विदेशबाट आएकालाई सरकारले बनाएको होल्डिङ सेन्टरमा निश्चित समय राखेर कोरोना परीक्षणपश्चात् मात्र घर पठाइने गरिएको थियो। अबको व्यवस्थाअनुसार विदेशबाट आउने नेपाली सीधै होम क्वारेन्टाइनमा जान सक्नेछन्।
देशभर मंगलबार कोरोनाका १ सय ५० नयाँ बिरामी थपिएका छन्। देशभरका २७ प्रयोगशालामा देशभर ३ सय ९ सय ६३ जनाको पिसिआर परीक्षण गरिएको छ। आज देशभरबाट ६ सय ९ जना डिस्चार्ज भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।