काठमाडौं- आइतबार काठमाडौं उपत्यकामा तीनजना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रमित थपिएको बताए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका एक जना र ललितपुरका २ जनामा कोरोना देखिएको उनले जानकारी दिए ।
आइतबार देशभर १५६ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या १६ हजार ६५८ पुगेको उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।