काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन जाने भएका छन्।
बाढीपहिरो र कोरोना महामारीलगायतका विषयमा गृह जिल्ला चितवनका जनताको अवस्था बुझ्न प्रचण्ड शनिबार चितवन जान लागेको उनका स्वकीय सचिव गंगा दाहालले बताएकी छिन्।
प्रचण्ड केहि समयदेखि चितवन गएका थिएनन्। पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वमा केन्द्रीत रहेका उनी स्थायी समिति बैठक एक साताका लागि स्थगित भएपछि गृह जिल्ला जान लागेका हुन्।
प्रचण्डले यसअघि विज्ञप्ति जारी गर्दै बाढीपहिरोपीडितको उद्धारमा जुट्न तीन तहका सरकार र पार्टीलाई आग्रह गरेका थिए। नेकपाले साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरेको छ। अविरल वर्षापछिको अवस्थालाई ध्यान दिँदै बैठक स्थगित गरिएको जनाइएको छ।
नेकपा स्थायी समितिमा अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दवाव दिइरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।