सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको बिशेष

चिनियाँ राजदूतको चंगुलमा नेकपा, राष्ट्रिय स्वाधिनतामाथि नै प्रश्‍न ?

चिनियाँ राजदूतको चंगुलमा नेकपा, राष्ट्रिय स्वाधिनतामाथि नै प्रश्‍न ?

  • मिडिया डबली
  • सोमवार, आषाढ २२ २०७७

  • 11.8K
    SHARES

  • चिनियाँ राजदूतको चंगुलमा नेकपा, राष्ट्रिय स्वाधिनतामाथि नै प्रश्‍न ?

    काठमाडौं - पछिल्लो समय नेपालको राजनीतिलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले प्रत्यक्षरुपमा चलाएको भनिए पनि आन्तरिक हात चिनियाँ राजदूत रहेको भन्दै टिप्पणी हुन थालेको छ ।

    नेकपाका शीर्ष नेताहरुको विवादले पार्टी फुटका संघारमा पुगेको बेला आइतबार राति नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी छन् ।

    नेकपाको निर्णायक हुनसक्ने अनुमान गरिएको स्थायी कमिटी बैठक सोमबारका लागि तय भएको थियो तर बैठक सारियो । नेकपा वरिष्ठ नेता नेपाललाई भेटेपछि राजदूत यान्छी राष्ट्रपतिलाई भेट्न शितलन निवास पुगेकी थिइन् ।

    ती नेताका अनुसार राजदूत होउले प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटिसकेकी बताइएको छ । ‘पहिले प्रधानमन्त्री तथा अध्यक्ष ओली, त्यसपछि अर्का अध्यक्ष प्रचण्ड, अनि माधव नेपाल र आवश्यकता अनुसार अरु नेताहरु भेट्ने उनीहरुको प्रचलन हो।

    आफ्नो अभ्यास उनीहरुले हतपती तोड्दैनन्’, नेकपा एक नेताले भने, ‘सायद दुई अध्यक्षलाई भेटेपछि माधव नेपाललाई भेटेको हुनुपर्छ।’ करिब दुई महिनाअघि आन्तरिक राजनीतिक मतभेदकै बीच राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच सोमवार टेलिफोन वार्ता भएको थियो । त्यसपछि नेकपाका शीर्ष नेताहरुबीच राजदूत होउले संवाद गरेपछि विवाद साम्य भएको मानिएको थियो ।

    ‘सत्तारुढ पार्टी भएकाले नेपालसँगको भेटमा राजदूत होउले नेकपामा देखिएको विवादबारे पनि जिज्ञासा राख्नु स्वाभाविक हो’, ती नेता भन्छन्, ‘पार्टीभित्रको विवादले जनातामा निराशा नजन्माओस् र अस्थिरता नबढोस् भन्ने चिन्ता राजदूतले राखेको बुझिएको छ।’

    आइतबार प्रचण्ड, नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् भने त्यसलगत्तै दुई अध्यक्षबीच बालुवाटारमा वार्ता भएको थियो । आइतबारको वार्तापछि विवाद मत्थर हुने सम्भावना बढेको नेताहरूले बताएका छन् ।

    दुई अध्यक्षको टोलीबीच भएको छलफलले चार नेतालाई सहमतिको खाका तयार गर्ने जिम्मेवारी दिएको छ । सत्तारूढ नेकपाभित्र विवाद चर्कँदै गएका बेला दुई देशबीच भएका उच्चस्तरीय वार्ताहरू र अन्य धेरै कारण पछिल्लो राजनीतिक परिदृश्यमा चिनियाँहरूको सक्रिय सहभागिता बढेको र यसको दीर्घकालीन असर पर्ने बताइएको छ ।

    त्यो कुराकानीलाई सहजीकरण गरेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले त्यसको केही दिनमा प्रधानमन्त्री ओलीसँग भेट गरेकी थिइन् । त्यसको एक दिनपछि उनको भेट नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट भएको थियो ।

    त्यसबाहेक कोभिड-१९ को चुनौती सामना र सहकार्यका विषयमा नेकपाका विदेश मामिला प्रमुख रहेका नेता नेपाल तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चिनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ र अन्य नेताहरूसँग दुई घण्टाभन्दा लामो भिडिओ छलफलमा सहभागी भएका थिए ।

    नेकपाभित्र देखिएको चिनियाँ हस्तक्षेपले राष्ट्रिय स्वाधिनता र सार्वभौसत्ता नै जोखिममा पर्ने चिन्ता बढेको छ । चीनभन्दा नेपालसँग विभिन्‍न कारणले भारत नजिक छ । तर, भारतले कहिल्यै पनि नेपालको राजनीतिमा यसरी खुलारुपमा हस्तक्षेप गरेको देखिएको थिएन । यसले भारत-नेपालबीचको पछिल्लो सम्बन्धमा थप दरार पैदा गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend