काठमााडौं- नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगन थापाले नेकपाको प्रवृतिमाथि कडा टिप्पणी गरेका छन् । उनले काँग्रेससँग निकटता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने रणनीति नअपनाउँन भन्दै कडा टिप्पणी गरेका हुन् ।
पछिल्लो समय नेकपा पार्टी भित्रकाे चरम विवादले विभाजनकाे संघारमा पुगेको छ । यसबेला प्रधनमन्त्री केपी शर्मा ओली सत्ता बचाउँनका लागि विविध बाटाेहरू अपनाउँने तयारीमा लागेका छन् ।
अाेलीले केहिदिन अघि काँग्रेस सभापति शेरवहादुर देउवासँग भेटघाट गरेका थिए । हिजाे मात्रै नेताहरूलार्इ अचानक बैठका बाेलाएर बाटाे राेज्न समेत भनेका ओलीले अाज सुवासचन्द्र नेम्वालार्इ सभापति देउवासँग छलफलका लागि बुडानिलकण्ठ पठाएका थिए ।
यसै सन्दर्भमा बाेल्दै नेता थापाले काँग्रेससँग समिप्यता बढाएर कपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन भएकाे बताएका छन् । उनले ट्विट गर्दै भनेका छन्, 'जनताले ५ बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भुमिकामा रहने म्याण्डेट दिएका हुन।यसमा हामी स्पष्ट छौं।कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन हो। प्रवृति फेर,धन्दा छोड।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।