सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

'महाअभियोग’ मुद्दामा ओली–दाहाल बीच नै भयाे लफडा !

'महाअभियोग’ मुद्दामा ओली–दाहाल बीच नै भयाे लफडा !

  • मिडिया डबली
  • आइतवार, आषाढ २१ २०७७

  • 9.4K
    SHARES

  • 'महाअभियोग’ मुद्दामा ओली–दाहाल बीच नै भयाे लफडा !

    काठमाडौँ — राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजिएको भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच भनाभन भएको छ । आइतबार दिउँसो भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच महाअभियोगकै विषयमा आरोप–प्रत्यारोप भएको हो ।


    प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफुविरुद्ध महाअभियोग लगाउने षडयन्त्र भइरहेको भन्दै शनिबार साँझ मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । उनले त्यसअघि राष्ट्रपतिलाई समेत भेटेका थिए ।

    त्यसक्रममा ओलीले नेताहरुलाई कतातिर जाने हो समेत भन्न भ्याएका थिए । यद्यपी आज दँउसोको छलफलमा प्रचण्डले भने त्यो कुरासरासर गलत भएको बताएका छन् ।
    छलफलका क्रममा ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने गरी कानून व्यावससायीसँग किन छलफल गरेको भन्दै असन्तुष्टि पोखेका थिए । जवाफमा दाहालले ‘गलत कुरा नगर्नुस्, महाअभियोगबारे कहीं कतै छलफल भएको भए प्रमाण दिनुस्’ भनेको नेकपाको उच्चस्रोतले बतायो । त्यसपछि ओलीले ‘मलाई थाहा छ, तपाईंहरु के गर्दै हुनुहुन्छ’ भन्ने जवाफ फर्काएको स्रोतले जनाएको छ ।


    त्यस्तै ओलीले शनिबार खुमलटारमा सचिवालयका ६ सदस्य बसेर सरकारविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए । त्यसको जवाफमा पनि दाहालले प्रधानमन्त्री नै पार्टी फुटाउन लागेपछि सल्लाह गर्न बसेको जवाफ दिएको जनाइएको छ ।

    शनिबार दाहाल निवासमा दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामहादुर थापाबीच छलफल भएको थियो । यसैलाई लिएर प्रधानमन्त्री ओलीको असन्तुष्टि थियो । खुमलटारमा केही कानून व्यवसायीसँग दाहाल–नेपाल समूहका नेताहरुको छलफललाई लिएर ओलीले प्रश्न उठाएका थिए । स्रोतका अनुसार जवाफमा दाहालले ‘तपाईंले पार्टी विभाजन गर्नुभयो भने के गर्ने भनेर छलफल गरेको हो’ भन्ने जवाफ दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend