सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीलाई गलत सुचना दिएपछि नेकपाभित्र खैलाबैला

ओलीलाई गलत सुचना दिएपछि नेकपाभित्र खैलाबैला

  • मिडिया डबली
  • आइतवार, आषाढ २१ २०७७

  • 13.1K
    SHARES

  • ओलीलाई  गलत सुचना दिएपछि नेकपाभित्र खैलाबैला

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली गलत सुचनामा लागेर वाइफोर्स कदम चाल्ने भनेको भन्दै नेकपाभित्र खैलाबैला मच्चिएको छ ।

    प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउने भन्ने सुचना गलदत भएको तर ओली त्यसैको पछि लागेको भन्दै नेकपाभित्र तहल्का मच्चिएको हो ।

    यसै सुचनाका आधारमा प्रधानमन्त्री ओलीले शनिबार साँझ करिब १ घण्टा विद्यादेवि भण्डारीसँग छलफल गरेको जनाइएको छ । ओली त्यसलगत्तै हिजो बेलुका ७ बजेमन्त्रीहरुसँग बालुवाटारमा छलफल गरेका थिए ।

    त्यस क्रममा प्रधानमन्त्री ओलीले आफुले वाइफोर्स कदम चाल्न लागेको भन्दै मन्त्रीहरुलाई कतातिर लाग्ने हो निर्णय गनूहोला भनेका थिए । राष्ट्रपति र मेराविरुद्ध षडयन्त्र भइरहेको छ भन्दै ओलीले यस्तो कुरा गरेका थिए ।

    यद्यपी उक्त षडयन्त्र माहाअभियोग हो भन्ने ओलीले सोचेको नेकपाको भनाइ छ । तर माहाअभियोग  लगाउने भन्ने सुचना नै गलत भएको  गलत रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले  बताएका छन् । राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी रहेको भनेर गलत सूचना दिएर प्रधानमन्त्री ओलीलाई उत्तेजित बनाइएको नेकपा नेताहरुको भनाइ छ । ओली गलत सुचना कै भरमा हिजो अत्तालिएका थिए ।

    प्रवक्ता श्रेष्ठले भनेका छन्,  ‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो। यो   गरिमामय सँस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौं।राष्ट्रपतिको बिरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं ।

    राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं । राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ। तर ओलीलाई यो गलत सुचना कसले दियो होला ? र यस्ता गलत सुचनाको पछि लागेर प्रधानमन्त्री जस्तो सम्माननिय अहोदाको व्याक्ति कसरी अत्तालिए होलान् यो कुरा अहिले सर्वत्र चलिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend