काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवाश गएका छन् । मन्त्रीहरुलाई बालुवाटार बोलाएर ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।
यद्यपि यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । यद्यपी मन्त्रीपरिषद् या अन्य कुनै मिटिगं हाे भन्नेबारे भने जनाइएकाे छ ।
प्रधानमन्त्रीले शीतल निवासबाट फर्किएपछि मन्त्री र राज्यमन्त्रीहरूलाई भेट्ने भएका छन्। त्यसका लागि उनले आफ्नो क्याबिनेटका सबै मन्त्री र राज्यमन्त्रीहरूलाई बाेलाएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।