काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा चार घण्टा मन माझामाझ भएको छ । तर, पनि ठोस निष्कर्ष निस्कन नसकेको बालुवाटार स्रोतले जानकारी दियो ।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमलाई लिएर सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार छलफल भएको हो ।
आफ्नै नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि गर्माएको राजनीतिले सत्तारुढ नेकपाभित्र भाँडभैलोको स्थिति देखिएको छ । दुई अध्यक्ष ओली र प्रचण्डबीचको तिक्तता बढेको छ । यही बेला शुक्रबार ओली र प्रचण्डबीच चार घण्टाभन्दा लामो समयसम्म वार्ता भए पनि सहमति जुट्न सकेन ।
बालुवाटारमा भएको सो छलफल विना निष्कर्ष टुङ्गिएको छ । दुवै अध्यक्षले आ–आफ्नो असन्तुष्टि पोखेका छन् । पार्टी नै फुटको संघारमा पुगेपछि एकता जोगाउन भन्दै शुक्रबार स्थायी कमिटीको बैठकसमेत नराखेर नेताहरुबीच कुराकानी गर्ने समय मिलाएको छ ।
तर, बालुवाटारमा भएको दुई अध्यक्षबीचको कुराकानी सकारात्मक उन्मुख भनिए पनि कुनै सहमति हुन सकेको छैन । उक्त छलफलमा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी थिए । पौडेल र शर्मा पार्टी एकताको अघिल्लो दिन २०७५ जेठ २ गते को गोप्य सहमति हुँदा सहभागी थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।