रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले अर्को कार्यकालको राष्ट्रपतिका लागि जनमत संग्रहमा भारी बहुमत पाएका छन् । अर्काे कार्यकालको राष्ट्रपतिको उम्मेदवार हुनेगरी मार्गप्रशस्त गर्न संवैधानिक सुधारसम्बन्धी जनमत संग्रहमा पुटिने भारी बहुमत प्राप्त गरेका हुन् ।
रुसी केन्द्रीय निर्वाचन आयोगका अनुसार संवैधानिक सुधारको पक्षमा ७७ दशमलव ९२ प्रतिशत मत प्राप्त भएको छ । आयोगका अनुसार कूल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदानमा भाग लिएका थिए ।
रुसी राष्ट्रपति पुटिनले संवैधानिक सुधारसम्बन्धी प्रस्तावमाथि जनताको अभिमत बुझ्न जनमत संग्रहका लागि आह्वान गरेका थिए। जसमा राष्ट्रपतिको कार्यकालसमेत अन्य केही संवैधानिक सुधारका व्यवस्थाहरु रहेका थिए ।
उनको वर्तमान कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदै छ । पछिल्लो जनमतसंग्रहले पुटिनलाई अरु दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार हुन मार्गप्रशस्त गरेको छ।एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।