काठमाडौं - मंगलबार स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि ओलीकाे पद धरापमा परेको छ । पद बचाउन ओलीले आज (बुधबार) बिहानै आफूनिकट मन्त्री तथा सांसदलाई सरकारी निवास बालुवाटारमा बोलाएका छन्।
ओलीले विहानै साढे सात बजे बालुवाटारमा आफुनिकट मन्त्री एवं सासंदलाई बोलाएका हुन् । अहिले प्रधानमन्त्रीको सरकारी निवासमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्राईलगायत ओलीनिकट मन्त्री तथा सांसद भेला भएका छन्।
प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएका असन्तुष्टि तथा सत्ता संघर्षका विषयमा छलफल गर्ने तयारी गरेका छन् । अहिले केही सांसदसँग ओलीले छलफल गरिरहेका स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।