काठमाडौं– नेकपाको स्थायी समिति बैठकमा शनिवारको बैठकमा उपस्थित भएका अध्यक्ष केपी शर्मा ओली केहीबेरमै बाहिरिएका छन्।
बुधबारबाट सुरु भएको स्थायी समितिको बैठकमा शुक्रबार भने ओली उपस्थित भएका थिएनन्। शुक्रबार उपस्थित नभएपछि उनको आलोचना भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ओली केहीबेर उपस्थित भएर बाहिरएका छन्।
साढे ११ बजेबाट बैठक सुरुभएको थियो। तर, ओली आधा घण्टामै बाहिरिएको स्रोतले जानकारी दियो। अर्का अध्यक्ष प्रचण्डले अध्यक्षता गरिरहेको हुँदा बैठकमा पूरै समय आफ्नो उपस्थिति जरुरी नहुने र प्रधानमन्त्रीको हैसियतले अरु पनि कामहरु भएको प्रधानमन्त्रीले स्पष्टीकरण दिएको बालुवाटार स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।