काठमाडौँ- भारत-चीनबीच पूर्वी लद्दाखको गलवान भ्यालीमा आमनेसामने भएका समयमा नेपाल-भारतबीच पनि सीमा विवाद सुरु भएको छ । भारत-चीन दुबै मुलुकले नेपालको सीमा अतिक्रमण गरेका छन् ।
भारतले अतिक्रमण गरेका भूमिमाथिको अतिक्रमण रोक्न भन्दै नेपालले विरोध पत्र पठाउनुका साथै भारतले अतिक्रमण गरेका लिम्पियाधुर, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।
वर्षौंदेखि भारतले पनि नेपाली भूमि अतिक्रमण गरेको छ भने चीनलेसमेत नेपालका विभिन्न ११ ठाउँहरुमा अतिक्रमण गरेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका असफलता र चिनियाँ अतिक्रमणलाई ढाकछोप गर्न भारतविरुद्ध नेपाल उभ्याएको भारतीय मिडियाहरुको आरोप छ ।
भारतीय सञ्चारमाध्यम जीन्युजले सार्वजनिक गरेको एक प्रमाण अनुसार चीनले नेपालका विभिन्न ११ स्थानहरुमा अतिक्रमण गरेको छ । तर, प्रधानमन्त्री ओलीले यस विषयमा भने मुख खोलेका छैनन् ।
चीनले अतिक्रमण गरेका ११ स्थान :
- हुम्लाको बागद्वार खोलामा ६ हेक्टर जमिन अतिक्रमण
- हुम्लाको कर्णाली नदीमा ४ हेक्टर जमिन अतिक्रमण
- रसुवाको बुर्जुक खोलमा एक हेक्टर
- रसुवाको लाम्दे खोला अतिक्रमण
- रसुवाको जम्बु खोलामा ३ हेक्टर अतिक्रमण
- सिन्धुपाल्चोकको खराने खोलामा ७ हेक्टर
- सिन्धुपाल्चोकको भोटेकोशीमा ४ हेक्टर
- संखुवासभाको सामजुङ खोलामा ३ हेक्टर
- संखुवासभाको खाम खोलामा ३ हेक्टर
- संखुवासभाको अरुणमा ४ हेक्टर जमिन अतिक्रमण
एकातिर चीनले नेपाली भूमि अतिक्रमण गरेको छ भने अर्कोतिर नेपालको राष्ट्रिय राजनीतिमा चिनियाँ भूमिका बढ्दै गएको छ । पटक-पटक नेपालको सत्तारुढ दललाई चिनियाँ कम्युनिस्ट पार्टीले प्रशिक्षण दिने र नेपालको सत्ता जोगाउन नेपालका लागि चिनियाँ राजदूतले भूमिमा खेल्नेजस्ता कुराले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा प्रश्न उठ्ने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।