आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मिनेन्द्र रिजालले दिए नेकपा र ओलीलाई दनक, प्रधानमन्त्रीलाई ५ करोडको गाडी किन्न खोजेको भन्दै हंगामा

मिनेन्द्र रिजालले दिए नेकपा र ओलीलाई दनक, प्रधानमन्त्रीलाई ५ करोडको गाडी किन्न खोजेको भन्दै हंगामा

  • मिडिया डबली
  • मंगलवार, आषाढ ९ २०७७

  • 8.1K
    SHARES

  • मिनेन्द्र रिजालले दिए नेकपा र ओलीलाई दनक, प्रधानमन्त्रीलाई ५ करोडको गाडी किन्न खोजेको भन्दै  हंगामा

     काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले वगतमा कुटनीतिक संवेदनशिलता र जनताबीचको सौहर्दताको सिमा प्रवाह नगरेकाले भारत र नेपालका दल र नेताहरु आलोचित रहेको स्मरण गर्दै पछिल्लो समय चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच भइरहेको साँठगाठ अपाच्य रहेको बताए।

    ‘उत्तर छिमेकको सत्तारुढ दलले नेपालको सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तिक झगडा र सत्तासन्तुलन मिलाउने काम उत्तिकै अपाच्य छ। यसमा सत्तारुढ दलको ध्यान दिओस्,’ उनले भने।

    उनले कोरोना महामारीको समयमा प्रधानमन्त्रीका लागि महँगो गाडी खरिद गर्ने सरकारको तयारीको विरोध गरेका छन्। मंगलबारको प्रतिनिधीसभाको शुन्य समयमा बोल्दै उनले प्रधानमन्त्रीको सुरक्षाका लागि नेपाल प्रहरीले ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अघि बढाएको भन्दै सरकारको आलोचना गरेका हुन्।

    ‘प्रधानमन्त्रीको सुरक्षाका लागि फोरजी सुरक्षा सर्भिलेन्स सहितको ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया कोरोनाको कहरमा फागुन देखि रोकिएको थियो। असार तीन देखि यो प्रक्रिया नेपाल प्रहरी अघि बढायो भन्ने सुनिएको छ,’ उनले भने, ‘माननिय गृहमन्त्री यो साँचो हो?

    हो भने कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलतो उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाँउ नपाइला भनेर फजुल खर्च गर्ने तयारी हो यो? जवाफ पाउँ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend