आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको बिशेष

जनता भोकै मर्न थालेका बेला मन्त्रीको यस्तो हर्कत, ओलीका मान्छे मालामाल

जनता भोकै मर्न थालेका बेला मन्त्रीको यस्तो हर्कत, ओलीका मान्छे मालामाल

  • मिडिया डबली
  • आइतवार, आषाढ ७ २०७७

  • 10.9K
    SHARES

  • जनता भोकै मर्न थालेका बेला मन्त्रीको यस्तो हर्कत, ओलीका मान्छे मालामाल

    काठमाडौं - कोरोनाभाइरसको महामारीबाट जनता प्रताडित भइरहेका बेला झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोनाका नाममा फेरि फजुल खर्च गरेको छ ।

    कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिदमा पटक–पटक घोटाला भएका समाचार आइरहेका छन् । ओम्नीदेखि नेपाली सेनाले खरिद गरेका स्वास्थ्य सामग्रीको मूल्य जमीन आसमानका भिन्नता भएका समाचार तथ्यसहित बाहिर आइसकेका छन् । तैपनि कम्युनिस्ट सरकार र स्वास्थ्यमन्त्रीले आफ्नो व्यवहारलाई सुधार गर्ने कुनै छाटकाट देखाएका छैनन् ।

    कम्युनिस्ट सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा भइरहेको फजुल खर्च रोक्नुको साटो चोरबाटोहरूबाट धमाधम खर्च गरिरहेका तथ्य बाहिर आएका छन् ।

    मन्त्री ढकालले कोभिड–१९ महामारी र हाम्रो प्रयास नामक किताब छापेका छन् ।  साझा प्रकाशन,मुद्रण विभाग हुँदाहुँदै स्वास्थ्य मन्त्रालयले कोभिड-१९ महामारीसम्बन्धीको किताब प्रधानमन्त्रीका सल्लाहकार सञ्चालक रहेको निजी कम्पनीमार्फत् छापेको हो।

    बागबजारको एमएस माउस प्रा.लि.मार्फत मन्त्रालयले ‘कोभिड-१९ महामारी र हाम्रा प्रयासहरू’ नामक किताब प्रकाशन गरेको हो।

    पाँच लाखभन्दा बढीको सरकारी काममा सार्वजनिक खरिद ऐन आकर्षित हुन्छ। प्रतिस्पर्धा गराउन नपरेपछि मन्त्रालयले किताब छाप्न प्रधानमन्त्रीका सल्लाहकारलाई दिएको हो। शनिबार उक्त किताब मन्त्रालयले पत्रकार सम्मेलनमा बाँडेको थियो।

    एमएस माउस कम्पनी महेन्द्र श्रेष्ठको हो। उनी प्रधानमन्त्री केपी शर्मा ओलीका अवैतनिक सल्लाहकार हुन्। उक्त किताबमा श्रेष्ठलाई डिजाइनरको रूपमा खुलाइएको छ। उनी अवैतनिक सल्लाहकारका साथै छापा मजदुर संगठन इम्प्रेसन नेपालका अध्यक्ष पनि हुन्।

    कोरोनाको संक्रमणबाट बच्नका लागि भन्दै सरकारले लकडाउन गरेर जनतालाई घरभित्र थुनेर राखेको छ ।

    जनताहरू खान नपाएर भोकै मर्न थालेका छन् । क्वारेन्टाइनमा पिउने पानीको उचित व्यवस्था पनि छैन । खान र बस्न समेत समस्या भइरहेका छन् ।

    यस्तो अवस्थामा कम्युनिस्ट सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले कोरोनामा मन्त्रालयले गरेको प्रयासहरूलाई समेटेर लाखौँ रुपियाँ खर्च गरेर मोटो किताब निकालेका छन् ।

    अर्थमन्त्री डा.युवराज खतिवडाद्वारा जेठ १५ गते प्रतिनिधि सभामा पेस गरिएको आर्थिक वर्ष ०७७–७८ को बजेटमा फजुल खर्च रोक्ने भनेका थिए । तर, अर्थमन्त्रीको त्यो फजुल खर्च रोक्ने नारालाई स्वास्थ्यमन्त्री ढकालले उडाइदएका छन् ।

    जनतालाई घरभित्र थुनेर लकडाउनका बेला तपाईहरूले फुजुल खर्च गरेर किन किताब छपाइ गर्नुभयो भनेर स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवलाई सोधिएको प्रश्नमा उनले भने, ‘यसबारेमा मलाई थाहा छैन । स्टोर शाखालाई थाहा होला । उतै सोध्नुस् ।’

    सूचना अधिकारी श्रीवास्तवले किताब छापाइका बारेमा आफूलाई कुनै जानकारी नरहेको र खर्चको विषयमा पनि थाहा नभएको बताए ।

    सूचना अधिकारीको जवाफपछि स्टोर शाखाका प्रमुख प्रेम विश्वकर्मालाई सोधिएको प्रश्नमा जवाफ आयो, ‘मलाई थाहा छैन । सूचना अधिकारीलाई सोध्नुस् ।’

    सूचना अधिकारी श्रीवास्तवले तपाईलाई सोध्न भन्नुभएको छ भनेर सोधिएको प्रश्नमा स्टोर प्रमुख विश्वकर्माले भने, ‘मलाई पनि जानकारी छैन । सूचना चाहिएकै छ भने सूचनाको हक प्रयोग गरेर नागरिकताको प्रतिलिपिसहित निवेदन दिनुस् । त्यसपछि के गर्ने त्यसपछि भनौँला ।’

    स्रोतका अनुसार राजनीतिक दवावमा किताब छापाइको जिम्मेवारी सनराई प्रिन्टिङ प्रेसलाई दिइएको छ । एक हजार किताब छपाइ गर्न प्रेसलाई अधिकार दिइएको थियो । प्रेसले १२ सय ५० वटा किताब छापाइ गरेर मन्त्रालय पुर्‍याइदिएको छ ।

    कोरोना भाइरस नियन्त्रणका नाममा कम्युनिस्ट सरकारले साढे दुई महिनामा झण्डै दश अर्ब सिध्याएपछि सार्वजनिक लेखा समितिले बयानका लागि बोलाएको छ । दर्श अर्ब खर्चको विरोध भइरहेको छ ।

    अर्थमन्त्रीले फजुल खर्च रोक्न भनेका छन् । तर, राजनीतिक र उच्च तहको तहबाट दवाव दिएर आफ्ना मान्छेहरूलाई पोसाउन किताब छाप्ने बहानामा रकम खर्च भएका छन् ।

    किताब छाप्नै पर्ने थियो भने पनि मुद्रण विभाग वा जनक शिक्षा सामग्रीलाई दिएको भए पनि हुने थियो । तर, निजी प्रेसलाई नै दिइयो ।

    जनता रोग र भोकले मरिरहेका बेला कम्युनिस्ट सरकारका स्वास्थ्य मन्त्री ढकालले भने फजुल खर्च गरेर कार्यकर्ता पोसाउने कार्य गरिरहेका छन् ।

    Covid-19-Book.jpg

     

     

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend