काठमाडौ - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटघाटका लागी प्रधानमन्त्री निवास बोलाए पश्चात प्रचण्ड मंगलबार साँझ भेट्न पुगेका थिए । प्रधानमन्त्रीले एमसिसीको विषयमा कुरा गर्न प्रचण्डलाई डांकेका थिए ।
प्रचण्ड र प्रधानमन्त्री बीच मंगलबार साँझ भेटघाट भएको थियो र उक्त भेटमा प्रधानमन्त्रीले चालु अधिवेशनबाटै अमेरिकी सहायता परियोजना (एमसीसी) गराउने निश्कर्षमा सरकार पुगेको बताएका थिए । प्रधानमन्त्रीले पार्टीको बैठक अहिलेलाई छाडेर एमसिसीको विषयलाई मुख्य टुंगो लगाउने कुरा गरेका छन् ।
जनआस्था पत्रिकाको अनलाइनमा प्रकाशित समाचार अनुसार प्रधानमन्त्री ओलीले भने, 'अहिलेको गञ्जागोल माहौलको कारक तपाईं नै हो । ‘संसदमा विचाराधीन एमसीसी प्रस्तावमा पार्टीले हस्तक्षेप नगर्न र संसदबाट निर्णय गराउने क्रममा कुनैपनि किसिमको अवरोध नपुर्याउनु होला ।ू प्रधानमन्त्रीले प्रचण्डलाई एमसिसी पारित गराउन कुनै किसिमको अवरोध सिर्जना नगर्न आग्रह गरेको बताईएको छ । प्रचण्ड भने एमसिसी बारे आफ्नो व्यक्तिगत धारणा बारे मौन रहे ।
प्रचण्डले प्रधानमन्त्रीसंग भने, 'एमसिसी पारित गर्ने नगर्ने बारे मेरो व्यक्तिगत धारणा के छ भन्ने मुख्य विषय भएन । मुख्यत सचिवालयमा अरु कमरेडहरु रहेका कारण सबैसंग छलफल गरेर र पार्टीको महत्त्वपूर्ण निर्णयबमोजिम अघि बढ्नुहोला ।' प्रचण्डले एमसिसीको विषयसंगै पार्टीका अन्य महत्वपूर्ण संरचनाहरूमा समेत घनिभूत छलफल गरेर अघि बढ्न सुझाव दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।