काठमाडौं- चिकित्सा शिक्षा सुधारका लामो संघर्ष गरेका डा. गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन नियुक्तीको निर्णय नसच्चिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
उनले सबै वेथितीको जड केपी ओली भएको अरोप समेत लगाएका छन्। सरकारले बुधबार आईओएमको डिनमा बष्ठिताको ३५ औं नम्बरमा रहेकी डा. दिव्या सिंह शाहलाई नियुक्त गरेको थियो। बरिष्ठतालाई मिचेर गरिएको नियुक्ती मान्य नभएको भन्दै डा. केसीले विज्ञप्ती मार्फत सरकारलाई निर्णय सच्चाउन आग्रह गरेका छन्।
निर्णय नसच्चिए आन्दोलनमा उत्रने केसीको चेतावनी छ। ‘‘कुनै पनि नियुक्ति दलीय वफादारीका आधारमा नभई वरिष्ठताका आधारमा गर्न तथा वरिष्ठताको आधारविना भएका नियुक्ति सच्याउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दर्छौं,’ उनले भनेका छन्, ‘त्यसो नभएमा यी सारा समस्याका जडका रुपमा रहेको ओली–प्रचण्ड मनपरीतन्त्र विरुद्ध कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।