आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनसँग घाँटी जोड्दा नेकपालाई आपत, भिडियो कन्फ्रेन्सले बबण्डर !

चीनसँग घाँटी जोड्दा नेकपालाई आपत, भिडियो कन्फ्रेन्सले बबण्डर !

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ५ २०७७

  • 9.7K
    SHARES

  • चीनसँग घाँटी जोड्दा नेकपालाई आपत, भिडियो कन्फ्रेन्सले बबण्डर !

    काठमाडौं– नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच हुने भनिएको भिडियो कन्फ्रेन्सले नेकपामा विवाद चुलिएको छ।

    विदेश विभागलाई कुनै जानकारी नै नदिइ कार्यक्रम राखेको भन्दै बबण्डर सुरु भएको हो। नेकपाको विदेश विभागले भिडियो कन्फ्रेन्सका बारेमा असन्तुष्टी जनाएको छ ।

    नेकपाको स्कुल विभागले आयोजना गरेको भनिएको यो कार्यक्रमबारे विदेश सम्बन्ध राख्ने वैधानिक निकाय विदेश विभागले अनविज्ञता प्रकट गर्दै आफुहरुसँग कुनै समन्वय नै नभएकाले त्यसबारे आफुहरुलाई कुनै जानकारी नभएको प्रष्ट पारेको छ ।

    शुक्रबार अपरान्ह भिडियो कन्फरेन्समार्फत दुवै देशका पार्टी नेताहरुबीच विभिन्न विषयमा छलफल तथा अनुभव आदानप्रदान गर्न भिडियो कन्फरेन्स हुँदैछ ।

    तर यस्तो महत्त्वपूर्ण विषयमा समेत सो पार्टीका विदेश विभाग उपप्रमुख समेत रहेका विष्णु रिजालले कुनै जानकारी नभएको भन्दै केही नसोध्न आग्रह गरेका छन् ।

    नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको संयुक्त रूपमा आयोजनामा हुने कन्फरेन्समा नेकपाका अध्यक्ष प्रचण्डसहित झण्डै सय जना नेताहरु सहभागी हुँदैछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend