काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहलाई ठूलो नियुक्ति दिइएको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शाहलाई नियुक्त गरिएको छ ।
त्रिवि कार्यकारी परिषद्को बुधवारको बैठकले शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख समेतर रहेकी प्रा.डा. शाहलाई डीनमा नियुक्ति गर्ने निर्णय गरेको छ ।
प्रा.डा. प्रेम ज्ञवालीको संयोजकत्वमा रहेको सिफारिस समितिले प्रा.डा. शाहसँगै प्रा.डा. प्रदीप वैद्य र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
तत्कालीन डीन प्रा.डा. जगदीश अग्रवालले जेठ २२ गते अवकाश पाएपछि रिक्त पदमा शाहलाई नियुक्त गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।