आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाको उपचारमा ओली सरकारको निर्णय नमान्ने यी मुख्यमन्त्री !

कोरोनाको उपचारमा ओली सरकारको निर्णय नमान्ने यी मुख्यमन्त्री !

  • मिडिया डबली
  • बुधवार, आषाढ ३ २०७७

  • 8.7K
    SHARES

  • कोरोनाको उपचारमा ओली सरकारको निर्णय नमान्ने यी मुख्यमन्त्री !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले केही दिनअघि कोरोना भाइरस संक्रमित व्यक्तिको परीक्षण विना नै १४ दिन आइसोलेसनमा बसेपछि घर पठाउन देशभर निर्देशन दिएको थियो । तर ओली सरकारको यो निर्देशन गण्डकी प्रदेशमा लागू भएन ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसबाट संक्रमित बनेका व्यक्तिहरूलाई संक्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउने नीति लिएका छन् । अन्य प्रदेशमा भने संक्रमण निको भएको पुष्टि नहुँदै पनि घर पठाउने गरिएको छ ।

    मंगलवार स्याङ्जामा कोरोना संक्रमित भएर जिल्लाका विभिन्न अस्पतालमा आइसोलेसनमा रहेर उपचार गराइरहेका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आइसोलेसनको निरीक्षण गर्ने क्रममा मुख्यमन्त्री गुरुङले निको भएपछि मात्रै घर पठाइने बताए ।

    ‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले कोरोना संक्रमण भए पनि लक्षण नदेखिएकालाई १४ दिनपछि परीक्षण विना घर पठाउने भने पनि प्रदेश सरकारले संक्रमितको पीसीआर परीक्षण गरेर संक्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउँछ,’ उनले भने ।

    मुख्यमन्त्री गुरुङले भिरकोटमा रहेको कालिका सामुदायिक अस्पताल हेलु र गल्याङ नगरपालिकामा रहेको नगर अस्पतालको निरीक्षण गरिएको थियो ।

    मुख्यमन्त्री गुरुङले भारतबाट आएकालाई राख्न क्वारेन्टाइनको व्यवस्थापनसँगै आइसोलेसन अस्पताल निर्माणमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकाले सोहीअनुसार काम गर्नुपर्ने बताए । प्रदेश सरकार जनताको स्वास्थ्यप्रति सचेत रहेको बताउँदै मुख्यमन्त्री गुरुङले सबै मिलेर कोरोनाको सामना गर्नुपर्ने जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend