आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीविरुद्ध युवाको नारा : ‘जोकरलाई भोट दिएपछि देशमा कमेडी त हुन्छ’

केपी ओलीविरुद्ध युवाको नारा : ‘जोकरलाई भोट दिएपछि देशमा कमेडी त हुन्छ’

  • मिडिया डबली
  • बिहिवार, जेठ २९ २०७७

  • 13.2K
    SHARES

  • केपी ओलीविरुद्ध युवाको नारा : ‘जोकरलाई भोट दिएपछि देशमा कमेडी त हुन्छ’

    काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाममा असफल भइसकेको कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध काठमाडौं लगायत देशभर प्रदर्शन चर्किएका छन् ।

    बिहीबार वीरगञ्जमा संघीय सरकारको विरोधमा आयोजना गरिएको प्रदर्शनमा सरकार कोरोना भाइरस नियन्त्रण र रोकथाममा फेल भएको गम्भीर आरोप लगाइएको छ ।

    ओली सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दबाब दिन वीरगञ्जका युवाहरू सडकमा उत्रिएका छन् ।

    वीरगञ्जको घण्टाघर चोकमा विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि बाक्लो मात्रामा प्रहरी परिचालन गरेको थियो । युवाहरूलाई घण्टाघरमा जम्मा हुन नदिएपछि आदर्शनगर चोक पुगेर प्रदर्शन गर्दै महाविर चोकमा पुग्दा प्रहरीको अवरोध भएपछि प्रदर्शनकारीहरू सडकमै बसेर केहीबेर विरोधमा नारा लगाएका थिए ।

    ‘जोकरलाई भोट दिएपछि देशमा कमेडी त हुन्छ’, ‘हन्ड्रेड पर्सेन्ट पीसीआर, करेक्ट द क्वारेन्टाइन पोलिसी’, ‘मिनिङलेस लकडाउन इज नट आन्सर’, ‘सरकार खै ? १० अर्बको हिसाब खै ?’ ‘कर केका लागि ?’ लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा जुलुसमा सहभागी भएका थिए ।

    सरकारले ८० दिनसम्म लकडाउन गर्दा पनि तीब्र रुपमा कोरोना भाइरस परीक्षण गर्न नसकेको, लकडाउनका कारण मर्कामा परेका उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा कर तिर्न उर्दी गरेर आहात बनाएपछि चौतर्फी विरोध भइरहेको छ ।

    वीरगञ्जका स्वतन्त्र युवाको अगुवाइमा भएको प्रदर्शनमा १ सयभन्दा बढी युवाहरूको सहभागिता रहेको थियो ।

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    7.jpg

    8.jpg

    9.jpg

    10.jpg

    11.jpg

    12.jpg

    13.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend