काठमाडौं– कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा सुर्खेतका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा ३३ जना र प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।
यसरी कोरोना संक्रमण हुनेहरु दैलेख, कालिकोट, बाजुरा, सल्यान र सुर्खेत जिल्लाका रहेका छन् । संक्रमित मध्ये ५८ जना पुरुष रहेका छन् भने एक जना महिला रहेकी छिन् ।
यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय ५ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।