काठमाडौं–नुवाकोटमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएका व्यक्ति नेकपाका नेता भएको खुलेको छ। यसैकारण उनको सम्पर्क धेरै जनासँग भएको आशंकामा उनको घर रहेको ककनी गाउँपालिकाको वडा नम्बर ३ संक्रमण पुष्टि भएको आइतबार साँझदेखि नै १० दिनका लागि सिल गरिएको छ।
गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले आइतबार साँझै विज्ञप्ति जारी गरी ककनी वडा नम्बर ३ मा अब १० दिनका लागि हिँडडुल गर्न नपाइने, वडामा रहेका सबै सरकारी कार्यालयसमेत बन्द रहने गरी घरबाट निस्कन नपाइने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन्।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।