काठमाडौं– नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा र भरतपुल अस्पताल कोभिड–१९ प्रयोगशाला भरतपुरमा गरिएको परिक्षणमा ३२ जनामा कोरोना पुष्टी भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ।
कपिलवस्तु बाण्गंगा नगरपालिकाका १७ देखि ४२ बर्षका ७ पुरुष र २७ बर्षिया महिला, सर्लाही गोडैता नगरपालिका र कविलासी नगरपालिकाका १८ देखि ३५ बर्ष उमेरका १३ पुरुष, बारा करैमाइ गाउँपालिकाका ३७ बर्षिया महिलामा कोरोना पुष्टी भएको छ।
यस्तै काठमाडौंका ३५ बर्षिय पुरुष, रुपदन्देही गैडहवा र रोहिणी गाँउपालिकाका २० देखि ५५ बर्षसम्मका ८ पुरुष र चितवनको भरतपुर नगरपालिकाका ५२ बर्षिय पुरुषमा कोरोना पुष्टी भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।