काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिकलाई छाडेको छ ।
ओली सरकारको निर्देशनमा चल्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी कुट्ने चिनियाँलाई ५ हजार धरौटीमा छाड्न आदेश दिएपछि अभियुक्तहरू छुटेका छन् ।
काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले चिनियाँ अभियुक्तलाई बुधवार छाडिएको जानकारी दिए । चिनियाँ नागरिकहरू घर फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा बैशाख २६ गतेमा पक्राउ परेका थिए ।
नियन्त्रण लिन खोज्दा प्रहरीलाई चिनियाँ नागरिकले कुटेका थिए । चिनियाँ नागरिकले प्रहरी कुटिरहेको भिडियो भाइरल भएको थियो । त्यसक्रममा सिंहदरबार प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत र १ जना प्रहरी जवान घाइते भएका थिए । तर सरकारले चिनियाँलाई ५ हजार धरौटीमै छाडेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।