आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा कोरोनाबाट तेस्रो मृत्यु, गुल्मीका संक्रमित रहेनन्

नेपालमा कोरोनाबाट तेस्रो मृत्यु, गुल्मीका संक्रमित रहेनन्

  • मिडिया डबली
  • बिहिवार, जेठ ८ २०७७

  • 6.4K
    SHARES

  • नेपालमा कोरोनाबाट तेस्रो मृत्यु, गुल्मीका संक्रमित रहेनन्

    काठमाडौं– कोरोना भाइरसको संक्रमण पुष्टि भएका गुल्मीका शिक्षकको मृत्यु भएको छ। रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा संक्रमण पुष्टि भएका उनको आज विहान मृत्यु भएको प्रदेश ५ का स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    जेठ १ गते क्रिमसन अस्पतालमा उपचाररत उनमा उच्च ज्वरो नियन्त्रणमा नआएपछि अस्पतालले स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा पठाएको थियो। परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको थियो।

    त्यसयता उनलाई भेन्टिलेटर सपोर्टमा आइसीयुमा उपचार भइरहेको थियो।

    कोरोना संक्रमणका कारण पहिलो मृत्यु २९ वर्षीय महिलाको भएको हो। सिन्धुपाल्चोककी सुत्केरी महिलाको धुलिखेल अस्पतालमा निधन भएको हो। उनको मृत्युपछिमात्रै कोरोना भएको पुष्टि भएको थियो।

    दोस्रो मृत्यु हुने व्यक्ति बाँकेका युवक हुन्। क्वारेन्टाइनमा रहेका उनको पनि मृत्युपछिमात्रै कोरोना भाइरस पुष्टि भएको थियो। मुम्बईबाट नेपाल आइपुगेको पाँचौ दिन उनको मृत्यु भएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend