आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारले काट्यो विधुवा र अपाङ्ग भत्ता, कांग्रेसको कडा विरोध

ओली सरकारले काट्यो विधुवा र अपाङ्ग भत्ता, कांग्रेसको कडा विरोध

  • मिडिया डबली
  • बुधवार, जेठ ७ २०७७

  • 62.4K
    SHARES

  • ओली सरकारले काट्यो विधुवा र अपाङ्ग भत्ता, कांग्रेसको कडा विरोध

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्षमुनिका असहाय एकल (विधुवा) महिलाले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई काट्ने निर्णय गरेको छ ।

    सरकारले सामाजिक सुरक्षा भत्ता काट्ने निर्णय गरेपछि नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    कांग्रेस संसदीय दलका मुख्य प्रमुख सचेतक बालकृष्ण खाँणले बुधवार प्रेस विज्ञप्ति जारी गरेर भत्ता कटौती गरिएकोमा कडा आपत्ति जनाएका छन् ।

    ‘नेपालको संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट वञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान अनुसार दिइँदै आएको सामाजिक सुरक्षा भत्तालाई कानून र नियम विपरीत नदिने निर्णयप्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    ‘कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरूको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य हो,’ खाँणले भनेका छन्, ‘तसर्थ सरकारद्वारा गरिएको गैर जिम्मेवार निर्णयलाई तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ ।’

    चुनावका बेला ओलीले घरघरमै खनखनी भत्ता ल्याइदिने भनेर अभिव्यक्ति दिएका थिए । चुनावका बेलाका प्रतिवद्धता बिर्सिंदै ओलीले अपाङ्गता र विधवाको भत्ता काटिदिएका छन् ।

    कोरोना भाइरसको संक्रमण र लकडाउने अपाङ्गता र विधुवा महिलालाई समस्या भइरहेका बेला ओलीको कम्युनिस्ट सरकारले भत्ता काटिदिएपछि विरोध सुरू भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend