आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीले कडा निर्देशन दिएपछि जेठ महिनाभर हवाई उडान नखोल्ने निर्णय

केपी ओलीले कडा निर्देशन दिएपछि जेठ महिनाभर हवाई उडान नखोल्ने निर्णय

  • मिडिया डबली
  • बुधवार, जेठ ७ २०७७

  • 7.7K
    SHARES

  • केपी ओलीले कडा निर्देशन दिएपछि जेठ महिनाभर हवाई उडान नखोल्ने निर्णय

    काठमाडौं – सरकारले घरेलु तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ ।

    बुधवार बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले जेठ १८ गतेसम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ ।

    जेठ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याएपनि हवाई उडानबारे निर्णय गरेको थिएन । समितिको मंगलवार बसेको बैठक पनि विदेशमा समस्यामा परेका नागरिकको उद्दारबारे छलफलका लागि बोलाइएको थियो ।

    हवाई उडानबारे अन्तिममा मात्र निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । यसअघि समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित समितिमा रहेका मन्त्रीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका थिए । जसमा ओलीले कोरोना रोकथाममा संवेदनशील हुन कडा निर्देशन दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend