आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रोग नियन्त्रण महाशाखाका डाक्टरलाई नै लाग्यो कोरोना, अवस्थाा जटिल बन्दै

रोग नियन्त्रण महाशाखाका डाक्टरलाई नै लाग्यो कोरोना, अवस्थाा जटिल बन्दै

  • मिडिया डबली
  • बुधवार, जेठ ७ २०७७

  • 7.0K
    SHARES

  • रोग नियन्त्रण महाशाखाका डाक्टरलाई नै लाग्यो कोरोना, अवस्थाा जटिल बन्दै


    काठमाडौं– नेपालमा पहिलोपटक उपचारमा संलग्न डाक्टरलाई नै कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ती डाक्टर ललितपुरको पाटनमा बस्दै आएका स्रोतले जनाएको छ।

    उनी आफैँ कोरोना रेस्पोन्स टिममा संलग्न थिए। राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। महाशाखामै कार्यरत डाक्टरलाई कोरोना भएको पाइएपछि उनलाई टेकु अस्पतालकै आइशोलेसनमा राख्ने तयारी गरिएको छ।

    उनी कन्ट्याक्ट ट्रेसिङको क्रममा कपिलवस्तु गएका स्रोतले जनाएको छ। कपिलवस्तुमा जाँदा संक्रमण भएको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend