काठमाडौं – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको विवरण सार्वजनिक गर्दा सरकारले अस्पष्ट सूचना दिएकाले सर्वसाधारण भ्रम फैलिएको हुँदा परिचय स्पष्ट खुलाएर सार्वजनिक गर्न सरकारलाई निर्देशन दिइएको छ ।
राष्ट्रिय सूचना आयोगले कोरोना भाइरस संक्रमित र मृतकको परिचय स्पष्टसँग खुलाउन कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका नाममा निर्देशन जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको स्थायी ठेगाना मात्र खुलाउँदा अन्योल बढिरहेका बेला आयोगले मंगलवार नागरिकमा भ्रम सिर्जना भएको भन्दै स्पष्ट खुल्ने गरी विवरण सार्वजनिक गर्न आदेश दिएको छ ।
आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुदाँको स्थान फरक–फरक हुन सक्दछ र एउटा मात्र स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्योलता भएको पाइएको छ । सूचनामा थप स्पष्ट गराई सर्वसाधारणमा भएको अन्योल हटाउन आवश्यक देखिन्छ ।’
सरकारले काठमाडौंमा भेटिएका संक्रमितको स्थायी ठेगाना खुलाउँदा जिल्लामा त्रास फैलिने र संक्रमित फेला नपर्ने अवस्था आइरहेको छ । अब सरकारले काठमाडौंमा भेटिएका संक्रमितको हालको ठेगाना समेत खुलाउनुपर्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।