आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संसदमै केपी ओली स्वयंले गरे सरकार ‘फेल’ भएको घोषणा

संसदमै केपी ओली स्वयंले गरे सरकार ‘फेल’ भएको घोषणा

  • मिडिया डबली
  • मंगलवार, जेठ ६ २०७७

  • 10.0K
    SHARES

  • संसदमै केपी ओली स्वयंले गरे सरकार ‘फेल’ भएको घोषणा

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्दै वर्तमान सरकार कोरोना संक्रमणबाट कसैको ज्यान गुमाउनु नपरोस् भन्ने प्रयासमा असफल (फेल) भएको बताएका छन् ।

    संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न कारणबाट कोरोनाबाट ज्यान गुमाउनु नपरोस् भन्ने प्रयासमा सरकार सफल हुन नसकेको बताए ।

    कोरोना महामारीको संकटबाट बच्न सिंगो राष्ट्र एकजुट हुनुपर्ने उनले बताए । ‘संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको छ,’ प्रधानमन्त्री ओलीले भने । उनले कोरोनाका कारण मुलुक असहज र असामान्य अवस्थामा रहेको बताएका छन् ।

    नेपालमा हालसम्म २ जना कोरोना संक्रमणबाट मृत्यु भएको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘त्यसकै कारणले नभएपनि अन्य कारणले भएपनि २ जनाको निधन भएको छ । म दुःख व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘नेपालमा कोरोना कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको छ ।’

    प्रधानमन्त्री ओलीले अरू कुनै कारणले बिरामीको मृत्यु भएपनि कोरोना देखिएपछि कोरोनाबाट नै मृत्यु भएको मान्नुपर्ने बताएका छन् ।

    ‘कोरोनभन्दा अरू बिरामीको जटिलताले निधन भएको हुनसक्छ तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना संक्रमित भए त्यहीबाट मृत्यु भएको मान्नुपर्छ,’ उनले भनेका छन् ।

    कोरोनाको परीक्षण दायरा वृद्धि गरिएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमबारे संसद बैठकमा जवाफ दिइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend