आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पूर्वराजा ज्ञानेन्द्रकी नातिनी पूर्णिकाले दिइन् कोरोना नियन्त्रण गर्न सरकारलाई यस्ता सुझाव

पूर्वराजा ज्ञानेन्द्रकी नातिनी पूर्णिकाले दिइन् कोरोना नियन्त्रण गर्न सरकारलाई यस्ता सुझाव

  • मिडिया डबली
  • मंगलवार, जेठ ६ २०७७

  • 9.1K
    SHARES

  • पूर्वराजा ज्ञानेन्द्रकी नातिनी पूर्णिकाले  दिइन् कोरोना नियन्त्रण गर्न सरकारलाई यस्ता सुझाव


    काठमाडौं–नेपालमा कोरोना नियन्त्रण गर्नको लागि नेपाल सरकारलाई ५ सुझाव । यसरी काम गरे धेरैमा ३ महिनामा पूर्ण नियन्त्रण आउनेछ ।

    १) भारतिय सिमामा भएका / विदेशबाट आउन चाहने नेपालीहरुलाई अविलम्ब कोरोना test गर्दै छिराउनुहोस । जसको positive आउँछ वहाँहरुलाई उतै देशमा राजदुतावासको सहयोगमा उपचार हुने ब्यवस्था मिलाउनुहोस । - यसो हुँदा लुकिछिपी सिमा पार गरेर कोहिपनि आउने छैनन र track गर्न पनि सजिलो हुन्छ ।

    २) हस्पिटलका डाक्टर ,नर्स, एम्बुलेन्स चालक , कर्मचारीहरुको कोरोना test गर्नुहोस र त्यहाँ भर्ना भएका सबै बिरामीहरुको कोरोना test गर्नुहोस । प्रत्येक हस्पिटलमा कर्मचारी र डाक्टरको test गराईसकेपछी शुल्क लिएर नै भएपनि उक्त हस्पिटलमा आउने नयाँ बिरामिलाई gate मै corona test गराउने ब्यवस्था गराउनुहोस । - यसो गर्दा हस्पिटलबाट आगामी दिनमा कोरोना फैलने छैन ।

    ३) चोक चोकमा भएका पसल , मार्ट , डेरि , बेकरी , कपडा पसल, मेडिकल आदि जस्ता भीड हुने ठाउँका ब्यापारीको र त्यहाँ सामान ओसार्ने ढुवानिकर्ताहरुको कोरोना टेस्ट गराउनुहोस । त्यसपछी पसल / पसलमा पनि सामान किन्न आउनेलाई rapid test kit को ब्यवस्था गर्नुहोस । पसलमा सामान किन्न आउने नयाँ ग्राहकलाई अनिवार्य rapid test गराउनुहोस र प्रत्येक १५ दिनमा फेरि repeat गर्नुहोस । सामान किन्न आउँदा कोरोना रिपोर्ट negative भएको प्रमाण चाहिने ब्यवस्था गर्नुहोस । - यसो गर्दा बजारबाट र भीडभाड स्थलबाट कोरोना फैलने छैन

    ४) त्यत्रा प्रदेश, वडा, नगर, गाविस बनाउनुभएको छ । अरबौ खर्च हुनेगरि तलब र भत्ता खुवाएर वडामा सदस्य र अधक्ष भर्ती गरिएको छ । एउटा वडाबाट अर्को वडामा समेत जान नमिल्ने गरि पूर्ण रुपमा वडा - वडा सिल गर्नुहोस । - यसो गर्दा एउटा वडाबाट अर्को वडामा कोरोना फैलने छैन ।

    ५) त्यसपछिको चरणमा एक घर एक ब्यक्तिको test गराउनुहोस । - त्यसो हुँदा कुन घर सुरक्षित छ र कुन घर सुरक्षित छैन भन्ने कुरा ग्यारेन्टी हुन्छ यदि यती ५ काम गर्न सक्नुभयो भने सम्भावीत कोरोना संक्रमीतहरु सबै tracking हुन्छन । कोरोना संक्रमण बढ्ने क्रम पनि रोक्किने छ । धेरैमा ३ महिना भित्रमा कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आउने छ । यहाँनेर एउटा प्रश्न आउनसक्छ । त्यत्रो test गर्नको लागि kit कहाँबाट ल्याउने ? त्यसको लागि पहिले आवश्यक रकम राज्यकोषबाट, सहयोगबाट र केही सीप नलागे जनताबाट पनि उठाउन सकिन्छ । त्यसो हुँदा मात्र यो लक डाउन सफल हुन्छ । नत्र, लक डाउन भनेर जनता थुनिरहने ।

    उता भुसमा आगो सल्किएको जसरी आगो सल्किइरहने हुन्छ । सरकार त पूर्ण रुपमा असफल हुने नै छ त्यो भन्दा ठूलो कुरा प्यारा जनताहरुले प्राण गुमाउनुपर्ने छ । यी विषय अविलम्ब लागू गर्नुहोस सरकार । हामिले कोरोना नियन्त्रणको लागि भारतको हैन दक्षिण कोरियाको तरिका अपनाउनु पर्छ । भारतले लक डाउन बढाए यता पनि बढाउने , उता खोल्यो भने यता पनि खोल्ने , उता खुकुलो बनाउदा यता पनि खुकुलो बनाउने गरेर नेपालमा नियन्त्रण हुँदैन । यो देश र जनताको सधैं जय होस् ।

    श्री पशुपतिनाथले सबैको कल्याण गरुन् ।

    जय देश । जय जननी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend