काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ, यो सत्य हो । नेपाललाई विश्वमा चिन्ने र चिनाउने एक माध्यम सगरमाथा पनि हो ।
विश्वको अग्लो चुचुरो नचिन्ने पनि सायदै होला । तर, गुगलले सार्वजनिक गरेको नयाँ नक्सामा सगरमाथालाई नेपालबाट हटाइएको छ ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नेपालमा रहेका बेला कम्युनिस्ट विचारधारा बोक्ने चीनतिर सगरमाथा सारिएको छ ।
२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्वीर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनेर भनेको थियो ।
यो ट्वीटपछि चीनको चर्को आलोचना भएको थियो र ट्वीट सच्चाउँदै सगरमाथा चीन र नेपालको सीमा पर्छ भनेको थियो ।
गुगलको नक्सामा सगरमाथा नेपालबाट हट्नुले गम्भीर प्रश्न उब्जाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।