आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारको नीति : नेपालको नक्सा जारी गर्ने, भारतसँग कूटनीतिक पहल

ओली सरकारको नीति : नेपालको नक्सा जारी गर्ने, भारतसँग कूटनीतिक पहल

  • मिडिया डबली
  • शुक्रवार, जेठ २ २०७७

  • 8.1K
    SHARES

  • ओली सरकारको नीति : नेपालको नक्सा जारी गर्ने, भारतसँग कूटनीतिक पहल

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा सहितको नेपाली नक्सा जारी गर्ने सार्वजनिक गरिएको छ ।

    संसद बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नक्सा सार्वजनिक गर्ने बताएकी छन् ।

    ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिने छ,’ उनले भनिन्, ‘छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिने छ ।’

    सीमाको सुरक्षा र हकहितको संरक्षण र प्रवद्र्धन गर्दै नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउने सरकारको नीतिमा उल्लेख छ ।

    सीमाको सुरक्षा गर्न प्रतिबद्ध हुँदै सीमाको सुरक्षा र निरीक्षण कार्यलाई निरन्तरता दिइने समेत सरकारी नीतिमा समावेश छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend