आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मन्त्रिपरिषद् बैठक बोलाइयो, के छन् एजेन्डा ?

मन्त्रिपरिषद् बैठक बोलाइयो, के छन् एजेन्डा ?

  • मिडिया डबली
  • शुक्रवार, जेठ २ २०७७

  • 7.2K
    SHARES

  • मन्त्रिपरिषद् बैठक बोलाइयो, के छन् एजेन्डा ?

    काठमाडौं – आज शुक्रबार दिउँसो मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदमा पेश हुने नीति तथा कार्यक्रम पास गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सरकारले शुक्रवार आगामी आर्थिक वर्षका लागि नीति ताथ कार्यक्रम ल्याउँदैछ ।

    शुक्रबार अपराह्न ४ बजे बस्ने संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम छ । त्यसअघि मन्त्रिपरिषद् बैठक बस्नेछ ।

    साढे २ बजे बस्ने मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने मन्त्री योगेश भट्टराईले बताएका छन् ।

    सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण भौतिक दूरी कायम राखेर सञ्चालन भइरहेको संसद बैठकमा अधिकतम सुरक्षा विधि अपनाइएको संसद सचिवालयले जनाएको छ ।

    संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले सुरक्षात्मक विधि अपनाएर बैठक सञ्चालन गर्ने गरी तयारी भएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend