आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा भारतले सडक बनाएपछि पनि ओली सरकारले गर्‍यो झूटको खेती !

नेपालमा भारतले सडक बनाएपछि पनि ओली सरकारले गर्‍यो झूटको खेती !

  • मिडिया डबली
  • बिहिवार, जेठ १ २०७७

  • 8.6K
    SHARES

  • नेपालमा भारतले सडक बनाएपछि पनि ओली सरकारले गर्‍यो झूटको खेती !

    काठमाडौं – कालापानी क्षेत्र अतिक्रमण गरेर सडक खनेको भनेर नेपालभर भारतको चर्को आलोचना भइरहेको बेला सरकारले दार्चुलाको व्यास नगरपालिकास्थित छाङरुमा सीमा पोस्ट स्थापना गरेको छ ।

    छाङरु कालापानीको अतिक्रमित भूमिबाट १२ किलोमिटर तल पर्छ । त्योभन्दा माथि नेपाली भूमि कालापानी, नावी र नावीढाङमा भारतीय फौजका ८ क्याम्प छन् ।

    अतिक्रमित भूमि फिर्ताको माग गर्दै आन्दोलन भइरहेका बेला कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले झूटको खेती गर्दै अतिक्रमित क्षेत्रभन्दा तल नै सशस्त्रको पोस्ट स्थापना गरेर कालापानीमा पोस्ट स्थापना भएको प्रचार गरेको छ । छारुङका स्थानीय जितसिंह बोहराका घर भाडामा लिएर अहिले बीओपी राखिएको छ ।

    बुधवार बिओपी स्थापना भएपछि छाङरुमा सशस्त्रका इन्स्पेक्टर लिलिबहादुर चन्दको नेतृत्वमा २५ जनाको जनशक्ति खटिने छ । तर बुधवार भने त्यहाँ ८ जनालाई मात्रै पुर्‍याइएको छ । बाँकी सिपाही बन्दोबस्तीका सामानसहित बिहीबार छाङरु उतारिने सशस्त्रको ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर विष्टले बताए ।

    कालापानी क्षेत्रको नेपाली भूभागमा ५८ वर्षदेखि भारतीय सुरक्षा फौजको परेड चलिरहेको छ । सन् १९६२ मा अर्धसैनिक बलको ब्यारेक स्थापना गरेको भारतले आफ्नो फौज विस्तार गर्दै अहिले सो क्षेत्रका ३ स्थानमा ८ क्याम्प खडा गरेको छ ।

    नेपाली भूमि अतिक्रमण गर्दै आएको भारतीय फौजले छाङरुभन्दा माथि जान नेपालीलाई निषेध गर्दै आएको छ । त्यसैले नेपालीहरू त्यो क्षेत्र जाने अन्तिम यही हो । सशस्त्रको बीओपी पहिलोपटक स्थापना भएपनि यो छाङरुको सीतापुलमा र त्योभन्दा १२ किलोमिटर पूर्व (चीन)तर्फ टिंकरस्थित छियालेकमा नेपाल प्रहरीको चौकी छ । तर हिउँदमा चिसो बढ्दै गएपछि माथिको प्रहरी चौकीका जनशक्ति तल झर्दछ ।

    चिसो बढ्न थालेपछि छियालेकका प्रहरी सीतापुल आउँछन् । चिसो अझै बढेपछि दुवै चौकीका प्रहरी ४३ किलोमिटर तल राप्लाको दुम्लिङ झर्छन् । दुम्लिङमा प्रहरी नायब निरीक्षक (सई) को कमान्डमा प्रहरी चौकी छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    दुम्लिङभन्दा तल हिकिला, धौलाकोट, सुन्सेला, हुती र ब्रह्मदेवमा नेपाल प्रहरीका चौकी छन् । अझै तल सदरमुकाम खलंगामा नेपाली सेना र सशस्त्र प्रहरीको १–१ गुल्म छन् ।

    यसरी कालापानीबाट १२ किलोमिटर तल छाङरु, त्यहाँबाट ४३ किलोमिटर तल दुम्लिङ पर्छ । त्यस्तै दुम्लिङबाट १३ किलोमिटर तल धौलाकोट र धौलाकोटबाट ९ किलोमिटर तल हुती र हुतीबाट ४ किलोमिटर तल हिकिलामा पनि प्रहरी चौकी छ । हिकिलाबाट १० किलोमिटर तल ब्रह्मदेवको दुहु र दुहुबाट १० किलोमिटर तल दार्चुला सदरमुकाम खलंगा पर्छ । यसरी नेपालले दार्चुला सदरमुकाममाथि छियालेकसम्म ७ ठाउँमा प्रहरी चौकी राखेको छ ।

    उता भारतले भने दार्चुदा सदरमुकामपारि धार्चुलाबाट नेपालको कालापानी क्षेत्रसम्म १५ स्थानमा २८ क्याम्प बनाएको छ । २० क्याम्प भारततर्फ छन् भने नेपालको कालापानी क्षेत्रको ३ ठाउँ गुन्जी, कालापानी र नावीढाङ ८ क्याम्प राखिएको छ ।

    भारतको व्यापार प्रतिनिधिसमेत बस्ने गुन्जी क्षेत्रमा एसएसबी, कुमाउँ स्काउटको भारतीय सेना र सिख बटालियन तैनाथ छन् । कालापानीमा आइटिबिपी (इन्डो–टिबेतियन बोर्डर पुलिस), एसएसबी र भारतीय सेनाका २ गुल्म छन् । कालापानीबाट लिम्पियाधुरातर्फ नावीढाङमा आईटीबीपी र भारतीय सेनाको एक गुल्म तैनाथ छ ।

    गुन्जी, कुटी र नावी गाउँ २०१८ सालसम्म नेपालले जनगणना गरेको क्षेत्र हो । वरिष्ठ पत्रकार तथा सरकारका तत्कालीन अफिसर भैरव रिसालले नै ०१८ सालमा जनसंख्या गणना गरेका थिए । ती नेपाली बस्ती हुन् तर भारतले कब्जा गरेकाले नेपाल र त्यहाँका बासिन्दाबीच संवाद अवरोध भएको छ ।

    बीओपी स्थापनासँगै नेपाल प्रहरीको टोलीलाई पनि बिहीवार कार्यक्षेत्रमा पठाइने जिल्ला प्रहरी कार्यालयका डीएसपी पदमबहादुर विष्टले बताए । ‘चिसोका कारण टिंकर छियालेक र सीतापुल चौकीका प्रहरी तल झरेका थिए । अब चिसो कम भए पनि बाटोको समस्या हुँदा अहिलेसम्म प्रहरी पठाउन सकिएको थिएन, अब सेनाको हेलिकोप्टरबाट चौकीमा जवानहरू पठाउने तयारी भइरहेको छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend