आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीले गरे लिपुलेकमा भारतले बनाएको सडक भारतलाई नै दिने प्रस्ताव !

केपी ओलीले गरे लिपुलेकमा भारतले बनाएको सडक भारतलाई नै दिने प्रस्ताव !

  • मिडिया डबली
  • बुधवार, बैशाख ३१ २०७७

  • 23.7K
    SHARES

  • केपी ओलीले गरे लिपुलेकमा भारतले बनाएको सडक भारतलाई नै दिने प्रस्ताव !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा भारत सरकारले खनेको सडक भारतलाई नै दिने प्रस्ताव सर्वदलीय बैठकमा गरेका छन् ।

    भारतले बनाएको सडक भारतलाई नै भाडामा लगाउन सकिने प्रधानमन्त्री ओलीले बैठकमा जनाएका छन् ।

    बुधबार बसेको सर्वदलीय बैठकमा ओलीले सडक प्रयोजनका लागि भाडामा दिने अन्तर्राष्ट्रिय अभ्यास रहेको औंल्याउँदै नेपालले पनि भारतले बनाएको सडक भारतलाई नै दिने अभ्यास गर्न सक्ने बताएका छन् ।

    नेपाली भूमि फिर्ता गराउन माग गर्दै देशभर आन्दोलन भइरहेका बेला प्रधानमन्त्री ओलीले भने सडक निर्माण भएको क्षेत्र भारतलाई नै प्रयोग गर्न दिने तर्क गरेका छन् ।

    भारतसँग कुटनीतिक तवरले नै कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय टुंगो लगाउनुपर्नेमा बैठकमा जोड दिइएको छलफलमा सहभागी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताएका छन् । मानसरोवर जानका लागि कतिपय सडक स्थानीयले नै खनेको पनि हुनसक्ने तर्क गर्दै प्रधानमन्त्री ओलीले भारतको बचाउ गर्न खोजेका थिए ।

    भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी केही दिनअघि उद्घाटन गरेको छ । ‘हामीले भारतले एकतर्फी सडक खनेको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजान भनेका थियौं । तर प्रधानमन्त्रीले कूटनीतिक तवरले टुंगो लगाउनुपर्नेमा जोड दिनुभयो,’ सांसद सुवालले भने ।

    छलफलका क्रममा मजदुर किसान पार्टीले एमसीसी पारित गर्न नहुने सुझाव दिएको उनले बताएका छन् । उनका अनुसार छलफलका क्रममा नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएको छ । कांग्रेसले तत्काल भारतसँग नेपाली भूमिमा भएको अतिक्रमणको विषय उठाएर छलफल थाल्न सुझाव दिएको छ ।

    जनता समाजवादी पार्टीले मधेशी जनताले नै सीमामा पहरेदारको भूमिका निर्वाह गरेको भन्दै सरकारलाई यथार्थ नक्सा सार्वजनिक गर्न सुझाव दिएको छ । ‘जनता समाजवादी पार्टीले एक इन्च भूमि मिच्न दिँदैन, हाम्रो भूमि कति हो यथार्थ नक्सा चाहियो,’ समाजवादी जनता पार्टीका नेता शरतसिंह भण्डारीले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend