आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधनले नेपालको कूटनीतिक छवि उच्च भयो : शिशिर खनाल

प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधनले नेपालको कूटनीतिक छवि उच्च भयो : शिशिर खनाल

  • मिडिया डबली
  • बुधवार, आश्विन १४ २०८३

  • 588
    SHARES

  • प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधनले नेपालको कूटनीतिक छवि उच्च भयो : शिशिर खनाल

    काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको मञ्चका कारण आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाउने आधार तय भएको बताएका छन् ।

    संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएपछि बुधबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खनालले आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाई राष्ट्र हित प्रवर्द्धनमा ठोस योगदान पुर्‍याउन स्पष्ट आधारहरू तय भएको बताएका हुन् ।

    उनले संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ सत्रको क्रममा प्रधानमन्त्रीले महासभामा गरेको सम्बोधन र विभिन्न बहुपक्षीय बैठकमा भएको सहभागिता र छलफलबाट नेपालको कूटनीतिक छवि उच्च भएको धारणा राखे ।

    भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसले पुर्‍याएको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायले गहिरो चासो र ऐक्यबद्धता जनाएको उनले बताए । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो मन्तव्यमा नेपालको सन्दर्भ उल्लेख गर्नुका साथै प्रधानमन्त्रीसँगको भेटवार्तामा नेपालको विपत्तिप्रति चासो व्यक्त गरेको जानकारी दिए ।

    त्यस्तै मन्त्री खनालले छिटै प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने बताए । सरकार गठन भएदेखि नै भ्रमणको निमन्त्रणा आएको भए पनि दुवै पक्ष उपयुक्त समय मिलाएर ठोस उपलब्धि हासिल हुने गरी भ्रमणको तालिका तय हुने उनको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन १४ २०८३१२:४४:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend