काठमाडौँ - नेपाल बाढी सूचनाका अनुसार आज देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ।
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरीसहित कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र आसपासका विभिन्न जिल्लामा बहने स–साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ।
यस्तै, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङ तथा आसपासका क्षेत्रमा बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको र आकस्मिक बाढीको उच्च जोखिम रहेको नेपाल बाढी सूचनाले जनाएको छ।
जोखिमयुक्त क्षेत्रका बासिन्दालाई नदी तथा खोलाको बहाव बढ्न सक्ने अवस्थाप्रति सतर्क रहन आग्रह गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।