आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जेन–जी आन्दोलनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

जेन–जी आन्दोलनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०८३

  • 438
    SHARES

  • जेन–जी आन्दोलनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

    काठमाडौं -  नेपाली कांग्रेसले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

    कांग्रेस दलका नेता भीष्मराज आङदेम्बेले मंगलबार आयोगका सिफारिस पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्। उनका अनुसार जेन–जी आन्दोलन भ्रष्टाचार, कुशासन, नातावाद र बेथितिविरुद्धको आवाज थियो।

    उनले २३ भदौको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग तथा २४ भदौमा भएको आगजनी, तोडफोड र हिंसाबारे निष्पक्ष अनुसन्धान गरी दोषी जोसुकै भए पनि कानुनी कारबाही गर्नुपर्ने बताए।

    आङदेम्बेले राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा कसैलाई उन्मुक्ति दिन नहुनेमा जोड दिए। राज्यशक्तिको दुरुपयोग गर्ने तथा आन्दोलनमा घुसपैठ गरी हिंसा र विध्वंसमा संलग्न हुने सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।

    जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा उनले सरकारलाई ‘जेन–जीले खोजेको परिवर्तन आयो कि आएन?’ भन्दै प्रश्नसमेत गरेका छन्। भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शिता, युवाका लागि रोजगारी र विदेश पलायन रोक्ने ठोस कार्यक्रमबारे सरकारले जवाफ दिनुपर्ने उनको माग छ।

    आङदेम्बेले जेन–जी युवाले व्यक्ति परिवर्तन मात्र नभई शासन सञ्चालनको संस्कार परिवर्तन खोजेको उल्लेख गर्दै सरकारलाई पारदर्शी, जवाफदेही र जनउत्तरदायी बन्न आग्रह गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend