आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस सभापतिमा उठ्ने प्रकाशमानको घोषणा, पौडेल र कोइराला मान्लान त? 

कांग्रेस सभापतिमा उठ्ने प्रकाशमानको घोषणा, पौडेल र कोइराला मान्लान त? 

  • मिडिया डबली
  • आइतवार, श्रावण १८ २०७७

  • 9.4K
    SHARES

  • कांग्रेस सभापतिमा उठ्ने प्रकाशमानको घोषणा, पौडेल र कोइराला मान्लान त? 

    काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रकाशमान सिंहले सभापतिमा लड्ने घोषणा गरेका छन्। महाधिवेशन नजिकिँदै जाँदा भावी नेतृत्वको विषयमा संस्थापन र इतरपक्षबीच ध्रुवीकरण भइरहेका बेला सिंहले सभापतिमा लड्ने घोषणा गरेका हुन्।  

    ]उनले हालै एक दैनिक पत्रिकासँग राजधानीले नेतृत्व गर्ने बेला आएको भन्दै सभापतिमा लड्ने घोषणा गरेका छन्। आफ्नै नेतृत्वलाई १४ औं महाधिवेशनपछि पनि निरन्तरता दिने रणनीतिक योजनाका साथ सभापति शेरबहादुर देउवा अघि बढेका छन् । उनलाई चुनौती दिन भित्रभित्रै उपसभापति विमलेन्द्र निधि अघि बढ्न खोजेका छन् तर खुल्न सकेका छैनन् ।

    इतरपक्षमा नेतृत्वका लागि होडबाजी छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफ्नो सम्पर्क कार्यालय खोलेरै गतिविधि अघि बढाइरहेका छन् । आफैं नेतृत्वमा अघि सर्ने वा अरू कसैलाई सघाउने उनले निर्णय लिइसकेका छैनन् । 

    संस्थापनइतर पक्षमा नेतृत्वका आकांक्षीहरु आधा दर्जन देखिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबारको पत्रकार सम्मेलनमा देउवाबाट नेतृत्व फुत्काउन इतरसमूहबाट एउटै उम्मेदवार हुने दाबी गरे । सिटौलासमेत आफ्नो पक्षमा आउने दाबी उनको थियो । त्यसो भनिरहँदा सभापति उम्मेदवारका आकांक्षीहरु महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पनि सँगै थिए ।  सिंह  इतर समूहका सशक्त दाबेदार हुन् । उनले आफ्नो दावा बलियो बनाउनका लागि भित्रभित्र तयारीसमेत तीव्र पारेका छन् ।

    सभापतिको त्यही कमजोरीलाई समातेर सिंहले आसन्न महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाका लागि दौडधुप बाक्लो बनाएका छन् । 
    संस्थापन इतरपक्षमा वरिष्ठ नेता पौडेलबाहेक दोस्रो पुस्ताका तीन आकांक्षी सतहमा छन् । कोइराला परिवारबाट महामन्त्री शशांक र शेखर दुवै दौडमा छन् । अन्तिममा यी दुई दाजुभाइमध्ये एक उम्मेदवार हुने आमबुझाइ छ । सिंहका अनुसार धेरै आकांक्षी भएकाले संस्थापन इतरपक्षले हतारमा उम्मेदवारी घोषणा नगर्ने समझदारी छ । 

    सिंहले कोइरालालाई नछाड्ने र कोइरालाले कसैलाई नछाड्ने परिदृश्य संस्थापन इतरपक्षमा झाँगिँदै गएको छ । 






    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend