आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

‘जनतालाई ग्यास दिन नसक्ने सरकारले मन्त्रीलाई हेलिकोप्टर यात्रा गराउने यो कस्तो सुशासन हो ?’

‘जनतालाई ग्यास दिन नसक्ने सरकारले मन्त्रीलाई हेलिकोप्टर यात्रा गराउने यो कस्तो सुशासन हो ?’

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०८३

  • 459
    SHARES

  • ‘जनतालाई ग्यास दिन नसक्ने सरकारले मन्त्रीलाई हेलिकोप्टर यात्रा गराउने यो कस्तो सुशासन हो ?’

    काठमान्डौ-  नेपाली कांग्रेसकी प्रमुख सचेत बासना थापाले पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको विषयमा विरोध जनाएकी छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै थापाले सरकारको असमान प्रवृत्तिको विरोध जनाएकी हुन् ।

    ‘काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकोप्टरमा काठमाडौं ल्याइन्छ । मन्त्री ३०/३५ लाख खर्च गरे ल्याउन सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत दिन सक्दैन । बिहान–बेलुकाको छाक टार्नसमेत कठिन भएका नागरिकलाई एक सिलिन्डर ग्याससमेत राज्यले दिन सक्दैन, यो कस्तो सुशान हो ?’ उनले अगाडि भनिन्, ‘मन्त्रीको जीवन जति मूल्यवान छ, कर्णालीका नागरिको जीवन पनि उत्तिकै मूल्यवान छ । प्रधानमन्त्रीका लागि हेलिकोप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने के यो समानता राज्य हो ? के यही हो जनताको सरकार ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०८३११:५०:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend