आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राइड सेयरिङ सवारीलाई छुट्टै पहिचान चिन्हको व्यवस्था गर्न आशिका तामाङको माग

राइड सेयरिङ सवारीलाई छुट्टै पहिचान चिन्हको व्यवस्था गर्न आशिका तामाङको माग

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २६ २०८३

  • 264
    SHARES

  • राइड सेयरिङ सवारीलाई छुट्टै पहिचान चिन्हको व्यवस्था गर्न आशिका तामाङको माग

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै राइड सेयरिङ सेवामा आबद्ध युवाहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले राइड सेयरिङ सेवामा आबद्ध गणेश नेपालीले यात्रु पु¥याएपछि त्रिपुरेश्वरमा मोटरसाइकल पार्क गरेर राहदानीसम्बन्धी कामका लागि जाँदा महानगरपालिकाले ह्विल लक लगाएको र त्यसपछि मानसिक तनावमा परेर आत्मदाह प्रयास गरेको बताइन् ।

    ‘राइड सेयरिङ सेवामा आबद्ध मुगुका गणेश नेपाली भाइले यात्रुलाई त्रिपुरेश्वरमा पु¥याएपछि आफ्नो राहदानीसम्बन्धी कामका लागि मोटरसाइकल पार्क गरी कार्यालय जाँदा महानगरपालिकाले सवारीमा ह्विल लक लगाएको रहेछ,’ उनले भनिन्, ‘त्यसपछिको मानसिक तनावका कारण उहाँले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्महत्या गर्ने प्रयास गरेको खबरले आज हामी अत्यन्त दुःखी भएका छौँ।’

    उनले यो घटना एउटा व्यक्तिको दुःखद अन्त्य मात्र नभई राइड सेयरिङ क्षेत्रमा काम गरिरहेका हजारौँ युवाले भोगिरहेका व्यावहारिक समस्यातर्फ राज्यको ध्यानाकर्षण गराउने संकेत भएको बताइन् ।

    ‘यस्ता युवाहरूलाई अनावश्यक रूपमा दुःख दिने होइन, उनीहरूको काम गर्ने वातावरणलाई सुरक्षित र सहज बनाउने राज्यको दायित्व हो,’ सांसद तामाङले भनिन् ।

    उनले राइड सेयरिङ सेवामा आबद्ध सवारी साधनलाई छुट्टै पहिचान हुने स्टिकर वा आधिकारिक चिन्ह उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् ।

    उनले भनिन्, ‘राइड सेयरिङ सेवामा आबद्ध सवारी साधनलाई छुट्टै पहिचान हुने स्टिकर वा अन्य आधिकारिक चिन्ह उपलब्ध गराई ट्राफिक प्रहरी तथा स्थानीय तहका निकायले टाढैबाट पहिचान गर्न सक्ने व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १८ २०८१०७:३१:५७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend