आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : रास्वपा सांसद बानु

गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : रास्वपा सांसद बानु

  • मिडिया डबली
  • बिहिवार, आषाढ २५ २०८३

  • 339
    SHARES

  • गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : रास्वपा सांसद बानु

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । 

    बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बानुले गृहमन्त्रालयसँग आफ्ना समस्या राख्न खोज्दा नागरिकले सहज पहुँच नपाएको गुनासो आइरहेको बताएकी हुन् । 

    उनले भनिन्, ‘म सरकारको एउटा गम्भीर कमजोरीतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । जनता वा मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएको गृहमन्त्रालयसँग आफ्नो समस्या पोख्न सम्पर्क गर्दा गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने तथा फोन नउठाउने जस्ता गुनासा तारन्तार आइरहेका छन्।’

    उनले नागरिकको समस्या सुन्नु सरकारको पहिलो जिम्मेवारी भएको बताउँदै समस्या पर्दा सम्बन्धित निकाय वा मन्त्रालयबाटै गैरजिम्मेवार व्यवहार हुनु दुःखद भएको बताइन्।

    ‘जनताको समस्या सुन्ने सरकारको प्रथम जिम्मेवारी हो । यदि नागरिकले समस्या पर्दा सम्बन्धित निकाय वा मन्त्रालयबाट नै यस्ता गैरजिम्मेवारपूर्ण व्यवहार प्राप्त गर्छन् भने त्यसले राज्यप्रतिको विश्वास कमजोर बनाउँछ,’ उनले भनिन्।

    त्यस्तै, सांसद बानुले सत्तापक्ष पार्टीका सभापति रवि लामिछानेले जेन्जी जनआन्दोलनको विषयमा गम्भीरतापूर्वक मनन गर्दै समाधानका लागि गरेको पहलको प्रशंसा पनि गरेकी छन् । 

    ‘सत्तापक्ष पार्टीका सभापति माननीय रवि लामिछानेज्यूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले जेन्जी जनआन्दोलनको विषयमा गम्भीरतापूर्वक मनन गरेर समाधानका निम्ति जुन सहकार्य र पहल गर्नुभएको छ, त्यो प्रशंसायोग्य छ। त्यसले युवाहरूमा राज्यप्रतिको भरोसा जगाउने काम गरेको छ,’ उनले भनिन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ २५ २०८३१२:४४:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend