आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने

नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने

  • मिडिया डबली
  • बिहिवार, आषाढ २५ २०८३

  • 183
    SHARES

  • नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने

    काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत महामहिम ड्याग्नी म्योसबीच भेटवार्ता भएको छ ।  बिहिबार मन्त्रालयमा उनीहरुबिच भेटवार्ता भएको हो ।  

    भेटका क्रममा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    छलफलमा नर्वे सरकारको सहयोगमा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा, स्वास्थ्य अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका क्षेत्रमा भइरहेका कार्यक्रमबारे समीक्षा गरिएको थियो ।

    मन्त्री मेहताले नेपालको आवश्यकता र बढ्दो रोगको भारलाई दृष्टिगत गर्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य पर्यटन र जडीबुटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै यी क्षेत्रमा नर्वेसँग थप सहकार्यको अपेक्षा रहेको उल्लेख गरिन् ।

    राजदूत म्योसले नर्वे सरकारले नेपाल सरकारका विकास प्राथमिकताअनुसार स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् उनले नेपालका लागि थप सहकार्यका कार्यक्रमहरू अघि बढाउने तयारी भइरहेको जानकारी पनि दिइन् । नेपाल र नर्वेबीच स्वास्थ्य, शिक्षा तथा दिगो विकासका विभिन्न क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ २५ २०८३१२:२२:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend