काठमाडौं - भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा ४० किलो चन्दन अर्पण गरेका छन् ।
पुष्य नक्षत्रको पुनित अवसरमा उनले अर्पण गरेकाे चन्दन पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्नेगरि पशुपतिनाथ मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा गुठी संस्थान अन्तर्गतको पशुपतिनाथको कार्यलयलाई हस्तान्तरण गरिएको हो ।
यस वर्षको नित्य पूजाका निम्ति आवश्यक चन्दन प्रतिनिधि सभा सदस्य सन्दीप रानाको पहलमा अमित शाहले अर्पण गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।