आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

परीक्षा केन्द्रमै नोबेल एकेडेमीको प्रचार, परीक्षा दिइरहेका विद्यार्थी प्रभावित

परीक्षा केन्द्रमै नोबेल एकेडेमीको प्रचार, परीक्षा दिइरहेका विद्यार्थी प्रभावित

  • मिडिया डबली
  • आइतवार, चैत्र २२ २०८२

  • 342
    SHARES

  • परीक्षा केन्द्रमै नोबेल एकेडेमीको प्रचार, परीक्षा दिइरहेका विद्यार्थी प्रभावित

    काठमाडौं - हाल देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ र विद्यार्थीहरू परीक्षामा व्यस्त छन् । परीक्षाको आज तेस्रो दिन हो । तर, यसबीच केही निजी विद्यालय तथा कलेजहरूले भने परीक्षाकेन्द्र बाहिरै आक्रामक प्रचार–प्रसार थालेका छन् ।

    विशेषगरी बानेश्वरमा अवस्थित नोबेल एकेडेमीले नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको मूल गेटअगाडि नै बसेर आफ्ना शैक्षिक कार्यक्रमहरूको प्रचार गर्दै विद्यार्थीहरूको हातमा पर्चा वितरण गरिरहेको पाइएको छ । पर्चा वितरणमा स्कूल युनिफर्मकै विद्यार्थीहरु प्रयोग गरेको पाइएको छ ।

    परीक्षा दिई फर्किरहेका विद्यार्थीहरूलाई बाटोमै रोकेर विज्ञापन सामग्री थमाइँदा उनीहरूको ध्यान विचलित हुने र आगामी परीक्षाको तयारीमा समेत असर पर्ने अभिभावकहरुको गुनासो छ । परीक्षा जारी रहेकै अवस्थामा यसरी हतारमा गरिएको प्रचारप्रसारले विद्यार्थीहरूलाई अनावश्यक दबाब सिर्जना गर्नुका साथै उनीहरूको संवेदनशील अवस्थाको दुरुपयोग गरिएको देखिन्छ ।

    शिक्षालाई व्यवसायीकरण गर्ने होडमा नोबेल एकेडेमीले विद्यार्थीको मनोविज्ञान र परीक्षाको मर्यादालाई बेवास्ता गरेको देखिन्छ । परीक्षा दिइरहेका विद्यार्थीहरू पहिले नै दबाबमा हुन्छन् । तर यसरी परीक्षा केन्द्रकै गेटमा आक्रामक प्रचार–प्रसार गर्दा गेटमै विज्ञापन थमाइँदा उनीहरूमा थप तनाव र चिन्ता बढ्न सक्ने अनुमान गरिन्छ । परीक्षाकेन्द्र आसपास शान्त र व्यवस्थित वातावरण हुनुपर्नेमा यस्तो गतिविधिले परीक्षाको गरिमा र अनुशासनमा असर पर्ने विद्यार्थीहरुको भनाइ छ ।

    नतिजा नै नआइसकेको अवस्थामा विद्यार्थीहरूलाई लक्षित गरेर आक्रामक मार्केटिङ गर्नु उनीहरूको संवेदनशील अवस्थाको फाइदा उठाएको अनुमान गरिएको छ । शैक्षिक संस्थाहरूबीच स्वस्थ्य प्रतिस्पर्धा हुनुको सट्टा यसले आक्रामक र अनैतिक प्रतिस्पर्धालाई बढावा दिने साथै यस्ता प्रचारले अभिभावकहरूमा पनि अनावश्यक दबाब र भ्रम सिर्जना गर्ने गुनासो बढेको छ ।

    यस विषयमा नोबेल एकेडेमीको प्रशासन शाखालाई समेत फोन मार्फत जानकारी लिएको थियो । उक्त प्रशासनका केशब बहादुर बोहोराले यस विषयमा आफूहरुलाई जानकारी नभएको बताए । उनले उक्त विषयमा मार्केटिङ डिपार्टसँग बुझेर मात्र प्रतिक्रिया दिनसक्ने बताए ।

    उनले भने, ‘खोइ, मलाई त यस विषयमा जानकारी छैन । यस विषयमा मार्केटिङ डिपार्टसँग जानकारी लिनेछु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २२ २०८२०२:३८:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend