आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृत्यु

हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृत्यु

  • मिडिया डबली
  • सोमवार, चैत्र ९ २०८२

  • 375
    SHARES

  • हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृत्यु

    बाजुरा - बाजुराबाट हेलिकप्टरमार्फत उद्वार गरिएकी एक महिलाको मृत्यु भएको छ । यहीँ चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ की २१ बर्षीया सुरता रोकाया र उनको नवजात शिशुको मृत्यु भएको हो ।

    एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु खवरको स्तब्ध बनाएको हो । उनको र नवजात शिशुको उपचारको क्रममा शनिवार सुर्खेतमा मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए ।

    बाँच्ने आशामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुरता र उनको नवजात शिशुको अन्ततः ज्यान गएको हो । सुरता लामो समयदेखि मुटु रोगबाट समेत ग्रसित थिइन् । डाक्टरले बच्चा जन्माउन नहुने सुझाव समेत दिएको थिए । उनले जिल्ला अस्पताल बाजुरामा शिशुलाई जन्म दिएकी थिइन् । पछि स्वास्थ्यमा जटिल समस्या हुँदै गएपछि थप उपचारका लागि सुविधायुक्त अस्पतालमा लगिएकोमा उपचारको क्रममा ज्यान गएको हो ।

    बाजुरामा उपचार गर्न समस्या भएपछि थप उपचारको लागि तत्काल उद्धार गर्न हेलिकप्टर मगाएर बाहिर जिल्ला पठाइएको थियो । उनका परिवार र स्थानीयबासीले बाँच्ने उनलाई आशा राखेपनि आशा निराशामा परिणत भई आमासहित शिशुको मृत्यु भएको हो । चिकित्सकहरूले अथक प्रयासका बाबजुद पनि आमा र नवजात शिशु दुवैलाई बचाउन सकेनन् ।

    घटनाले बाजुरा जस्तो दुर्गम तथा पिछडिएको क्षेत्रमा अझै गम्भीर स्वास्थ्य समस्या, सचेतनाको कमी लगायतका समस्याहरु यथावत् रहेको देखाएको हो। आवश्यक परामर्श र नियमित उपचारको पहुँच नहुँदा यस्ता दुःखद घटनाहरु दोहोरिने क्रम भने रोकिएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र ९ २०८२०२:०९:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend